लमजुङ जिल्ला एक्काइसौँ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

पौष २७ काठमाडौ,लमजुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेका १२ महिनादेखी २३ महिनासम्मका सबै बालबालिकामा पूर्णखोपको पहुँच पुगेसंगै लमजुङलाई नेपालकै एक्काइसौँ पूर्णखोपयुक्त जिल्लाको रुपमा घोषणा गरिएको हो ।

स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले ‘स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागिता,पूर्ण खोप जिल्ला हाम्रो प्रतिबद्धता’ लिखित प्रतिबद्धता पत्र वाचन गरेर पत्रमा हस्ताक्षर गर्दै जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन् । पूर्ण खोप सुनिश्चितता जिल्ला घोषण गरिनु लमजुङकै गौरव र प्रतिष्ठाको विषय रहेको बताउँदै स्वास्थ्य राज्यमन्त्री गुरुङले यस कार्यले भावी दिनमा पनि निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख एवम जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँका अनुसार लमजुङमा हाल रहेका १२ देखि २३ महिना उम्मेरसम्मका ३ हजार १ सय ४७ जना बालबालिकाले एक वर्षभित्र लगाउनुपर्ने सबै प्रकारका खोप लगाईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *