पुनर्निर्माण प्राधिकरणको सीईओमा गोविन्द पोखरेल

पौष २७ काठमाडौ,मन्त्रिपरिषदको बुधबार बसेको बैठकले पुनर्निर्माण प्राधिकरणको सीईओमा गोविन्द पोखरेललाई नियुक्त गरेको छ । उनी योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।

२०७२ वैशाख १२ को भूकम्पपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले योजना आयोगका उपाध्यक्ष पोखरेललाई नै प्राधिकरण सीईओको जिम्मेवारी पनि दिएको थियो ।

त्यतिबेला अध्यादेशमार्फत प्राधिकरण गठन भएको हुनाले, दलहरुबीच सहमति नहुँदा संसद सुरु भएको ६० दिनभित्र अध्यादेश स्वीकृत नभएपछि पोखरेल स्वतः पदमुक्त भएका थिए । प्राधिकरणसम्वन्धी विधेयक बनाउने क्रममा पनि कांग्रेसले पोखरेललाई नै सीईओ बनाउनु पर्ने जोड दिएको थियो ।

तर, सरकारको नेतृत्व गरेको एमालेले त्यतिबेला मानेको थिएन । त्यसैले ज्ञवालीलाई सीईओ बनाईएको थियो । अहिले तीनै ज्ञवालीलाई हटाएर सरकारले पोखरेललाई फेरि सीईओ बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *