राधेश्याम ढकालका “सन्त्रास”

योगिन राई / काठमाडौ ७ पुस- राधेश्याम ढकाल नेपाली साहित्य र सामाजिक कार्यहरुमा प्ररिचित व्यत्तित्व हुन् । उनका “सम्झना” र “सौराई” दुई कृती प्रकाशित भईसकेका छन् । उनको यो “सन्त्रास” उपन्यास तेस्रो कृती हो । यस उपन्यासमा पि. टि. एस. डि .(पोष्ट ट्रम्यटिक स्ट्रेस डिसअडर सिन्ड्रोम) भएकी एउटी पात्र रुकु, उसको त्राश निवारण संस्था संवद्ध गतिविधिलाई उपन्यासको मुल विषय वस्तु बनाइएको छ ।

यस उपन्यासको कथानकमा रुकुको जिवनको निजी कथा, भुकम्पको सन्त्रासले निम्त्याएको कथा, पुर्णनिर्माणको कथा, महानामिको अत्यचार र आत्मालोचनको कथा जस्ता विभिन्न कथाहरु संयोजित रुपमा आएका छन् । यहाँ प्रयोग भएका चरित्रको स्थिति सोचाई विचार अनुभव र आदर्शलाई उनिहरुकै मुख बाट बोल्न लगाईएको छ ।

यस उपन्यासको रुकुको प्रत्यक व्यवहार, उनका शिक्षिका, भान्से दिदी र नारी डाक्टरका व्यवहारमा यसको रुप सफल देखाईएको छ । यस वहुमुखी चेतना सम्पन्न कलात्मक मैलिक उपन्यास लेख्ने राधे श्याम ढकालले भविष्यमा यस्तै र अन्य सशक्त यूग चेतनाका महत्वपुर्ण कृतीहरु सार्वजानिक हुने विस्वास गर्न सकिन्छ ।

ढकाल अहिले मायु भनने उपन्यासमा ब्यस्त छन् । असकार इन्टरनेशनल कलेजबाट डाइरेक्शनमा व्याचलर गरेका राधेश्याम ढकालले छिट्टै नै फ्लिम निमार्ण गर्ने प्रतिवद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *