यो भन्दा अगाडिका प्राधिकरणका हाकिमहरुले मासिक करोड़ रकम लिएर लोडशेडिंग गरेको खुलासा

पौष १ काठमाडौ, नेपाल विद्युत् प्राधिकरणका यस अगाडिका प्रमुख मुकेश काफ्लेले भार प्रेषण केन्द्रका तत्कालीन प्रमुख भुवनकुमार खत्रीलाई सात घण्टा दैनिक विद्युत् कटौती गर्न दैनिक जसोनै निर्देशन दिने गरेको रहस्य खुलेको छ । यिनीहरुले यसरी विजुली कटौती गरेर करोडौं असुल्ने गरेको तथ्यको समेत खुलासा भएको छ ।

काफ्लेको योजनामा प्राधिकरणलाई डुबाउन लागिपर्ने अर्का व्यक्ति हुन् शेरसिंह भाट । आयोजना अगाडि बढ्न नदिने, प्राधिकरणमा जागिर खाएर व्यक्तिगत कम्पनीको स्वार्थमा काम गर्ने, आयोजनाको समय र लागत बढाउने तथा प्रणाली सुधारलाई कहिल्यै पनि ध्यान नदिने, केवल रोक्ने मात्रै क्षमता रहेका भाट स्वयम् भने लोडसेडिङका कारण मोडल बनेका थिए ।

प्राधिकरणका शेरसिंह भाट बताउँदै उनले ठेकेदार र जल माफियाको स्वार्थअनुसार नै काम गर्ने गरेका थिए । यसको कारण रहेछ खत्रीले भने लोडसेडिङ गराइदिएपछि जेनेरेटर व्यापारी, सोलार व्यापारी, इन्भटर तथा व्याट्री व्यापारीले मासिक एक करोड भन्दा बढी रकम काफ्ले र भाटलाई उपलब्ध गराउने गर्दथे । त्यसमा उनीहरुले मिलीजुली गरेर बाडेर लिन्थे । पैसा बाडचुड गर्नका लागि होटल हिमालयको स्वीट रुप भाडामा लिइएको थियो ।

यस्तै कन्हैयलाल मानन्धर, लेखनाथ कोइराला, रामगोपाल शिवाकोटी पनि प्राधिकरण डुबाउने प्रमुख मतियार रहेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ, भनेर अर्थ सरोकार डट कमले समाचार प्रकाशन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *