८५ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी भएको देशमा म हिन्दु नारी हुँ, हिन्दु धर्मको लागि लड्छु भन्दा कहाँ गलत भएँ ? – रेखा थापा

पौष १ काठमाडौ,  भर्खरै माओबादी केन्द्र छाडेर राप्रापाको सदस्यता लिएकी कलाकार रेखा थापाले नेपालमा ८५ प्रतिशत हिन्दु रहेको बताएकी छन् । केहि बर्ष अगाडी माओबादी केन्द्रले उनलाई संविधानसभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर एकका लागि टिकट नै दियो । तर मतदाता नामावलीमै सूचीकृत नभएकाले उनले चुनाव लड्न पाइनन् । कलाकारीता क्षेत्रमा राम्ररी चल्दा चल्दै माओबादी केन्द्रमा पुगेपश्चात कलाकारीता क्षेत्रमा सुस्ताउदै जान थालेपछि, फेरी राप्रापामा हाम फालकी हुन् ।
राप्रापामा प्रबेस गरेपछि उनको धेरै आलोचना भईरहेको बेला रेखा थापाले भनेकी   छीन्,     पुरानो सोच हो । म प्रगतिशील र अग्रगामी कलाकार हुँ ।    मैले हिजोका कलाकारको जीवन पनि देखेको छु ।    कलाकार गहना हुन् भन्नेहरूले हिजोका कलाकार आज कहाँ छन् भनेर सोधीखोजी गरेका छन् ? भनेपछि, कलाकारले कुनै समयमा ख्याति कमाऊन् अनि विस्थापित होऊन् भन्ने चाहना हो त  ?   मलाई यो इज्जत, मानसम्मान र नाम दर्शक, चलचित्रकर्मीले दिएका हुन् । त्यसो भएपछि यो नामको व्यक्तिगत उपयोग मात्रै गरेर सुतेर बस्ने कुरा आउँदैन ।
कलाकारका रूपमा म आज र भोलि पनि सबैको साझा नै हो । त्योबाहेक सच्चा नागरिक पनि हुँ । देशका घटना, परिघटनाजस्ता यावत चीजमा रेखा थापाले पनि सरोकार राख्छे । हाम्रो पहिचान, धर्म, संस्कृति जे हो त्यसैको पक्षमा उभिएकी छु । त्यो भन्दा पर गएकै छैन । देश र समाजका निम्ति केही गर्छु भन्दा म कहाँ गलत भएँ ? पौने तीन करोड जनता नै सबल राष्ट्रको पक्षमा छन् । हिजो छिमेकीले दु:ख दिँदा राष्ट्रियताको पक्षमा उभिने तिनै हुन् । रह्यो धर्मको कुरा, ८५ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी भएको देशमा म हिन्दु नारी हुँ, हिन्दु धर्मको लागि लड्छु भन्दा कहाँ गलत भएँ ? बहुमतको जहाँ पनि कदर हुन्छ । त्यसैले मेरो विचार परिवर्तन हुनुपर्छ भन्ने लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *