मोर्चाको आह्वानमा फागुन २७ गते नेपाल बन्द

फागुन २४ काठमाडौं,सप्तरीमा घटेको घटनाको विरोधमा संघीय गठवन्धनले फागुन २६ गते काठमाडौं सहित देश भरका सदरमुकाममा विरोध सभा गर्ने र फागुन २७ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ। गठवन्धनले ७ दिन भित्र आफ्ना २६ र ११ बुँदे माग पुरा नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी पनि दिएको छ।

सोमबार साँझ बसेको मधेसी मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोलाई टेलिफोन गरेर समर्थन फिर्ता नलिन आग्रह गरेका थिए।

गठबन्धनले सप्तरी घटनाको दोषीलाई कारबाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग माग गरेको छ। गठवन्धनको मंगलबार बसेको बैठकले सप्तरी घटनाको निन्दा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *