मतदान गरेर बुथबाट बाहिर निस्कने बितिकै एकजनाको मृत्यु

धनुषा २ असोज- धुनुषाको बटेश्वर गाउँपालिका १ का ६२ वर्षका जोगेन्द्र सिंहको भोट हालेर निस्कने बित्तिकै निधन भएको छ । हृदयघातका कारण उहाँको निधन भएको परिवारले जनाएको छ ।

श्रीलक्ष्मी माध्यमिक विद्यालय, चित्रपुर मतदान केन्द्रबाट भोट दिनुभएका महतोको बुथबाट बाहिर निस्कने बित्तिकै निधन भएको परिवारले जनाएको छ । उहाँ जेठा छोरा चतुरानन्द महतोसँग भोट खसाल्न जानुभएको थियो ।

परिवारका ६ जना सदस्यले यसपल्ट मत दिन मिल्ने भए पनि चारजनाले भोट खसाल्नै बाँकी थियो । योगेन्द्र सिंह महतोका दुई छोरा वैदेशिक रोजगारीमा रहेको उज्यालो अनलाईनले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *