क्रान्तिकारी पत्रकार महासंघ बाँकेद्धारा पत्रकारलाई सम्मान

हेमराज अधिकारी / बाँके १ असोज- नेकपा क्रान्तिकारी माओवादी निकटको क्रान्तिकारी पत्रकार महासंघ बाँकेले आज प्रेश सेनानी पन्नालाल गुप्तालाई एक कार्यक्रमबीच सम्मान गरेको छ ।

क्रान्तिकारी पत्रकार महासंघ बाँकेको कार्यालय उद्घाटन कार्यक्रमबीच प्रेश सेनानी गुप्तालाई सम्मान गरिएको हो । महासंघले नेपालगंजको बाँकेगाउँमा आजबाट औपचारीक रूपमा आफ्नो कार्यालय स्थापना गरेको छ । नेकपा क्रान्तिकारी माओवादीका सल्लाहकार ऋषिराज थारू, केन्द्रीय सदस्य तथा बाँके ईन्चार्ज भुपेन्द्र न्यौपाने, क्रान्तिकारी पत्रकार महासंघका नेता तथा पाँच नम्बर प्रदेश संयोजक लोकराज जैसी, बाँके अध्यक्ष दिनेश श्रीवास्तव, बर्दिया पार्टी सचिव दुर्गा अधिकारी, देजमो बाँके संयोजक तेजविक्रम शाही र वरिष्ठ पत्रका, प्रेश सेनानी पन्नालाल गुप्ता लगायतले सामुहिक रूपमा मैन बत्ति बालेर कार्यालयको उद्घाटन गरेका हुन ।

उक्त कार्यक्रमबीच बाँके खजुराका तिलक शर्माले एमाले पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन । एमालेले खोक्रो राष्टवादको नारा घन्काएको र कांग्रेस, माओवादीबाट श्रमजीवि वर्गको मुक्ति सम्भव नभएको र अब जनताले भरोसा गर्न सक्ने पार्टी क्रान्तिकारी माओवादी मात्र भएको शर्माले बताए ।

पछिल्लो चरणमा बिभिन्न पार्टी परित्यागगरी क्रान्तिकारी माओवादीमा प्रवेश गर्नेको लहर बढेको देखिन्छ । भाद्र ३१ गते क्रान्तिकारी पत्रकार महासंघको बर्दिया जिल्ला सम्मेलमा पनि एमाले परित्याग गरी मनराज कठायतले पार्टी प्रवेश गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *