मंसिर ७ भोजपुर, भोजपुर जिल्लाको आम्तेक गाबिस वडा नम्बर १ बस्ने ४५ वर्षीय लट्टे भन्ने आईते दमाईले आफ्नै श्रीमती निर्मला दमाईको बारीको कान्ला बाट घचेटेर हत्या गरेको छ । घटनाको मुख्य दोषी आईते दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।
दमाई दम्पती सोमबार सोही ठाउँ बस्ने काजी दमाईको छोराको घरमा गई न्वारान खाई फर्कने क्रममा विवाद भई झगडा हुँदा निर्मला दमाई बारीको कान्लामुनी लड्न गई कन्चटमा चोट लागेर गम्भीर घाइते भएकीले उपचारको लागि भोजपुर सदरमुकाम लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा अनुसन्धान अनुसन्धान जारीरहेको छ ।