राष्ट्रिय प्रजातन्त्र पार्टी एकतामा कुन नेताले के भने ?

komal oliईन्द्र जिजीबिषा -मंसिर ७ काठमाडौ, बहुदलिय प्रजातन्त्र पछाडि,२०४७ सालमा स्थापना भएको पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी डेढ दशक नपुग्दै २०६२ सालमा दुई खेमामा बाटिएका थिए ।पार्टी स्थापनाकालमा संस्थापक रहेका सुर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्द मध्य आज लोकेन्द्र बहादुर चन्द मात्र जीवित छन् ।

सुर्यबहादुर थापा (बि.सं.१९८४-२०७२)राजा महेन्द्रको पाला देखि ज्ञानेन्द्रको पाला सम्म गरेर आफ्नो जीवनकालमा ५ पटक प्रधानमन्त्री भएका थिए  । २०६२ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा विभाजन भएपछि दुवै पार्टी कम्जोर स्थितिमा पुगेको थियो  ।

२०५२ सालको आम निर्वाचनमा । नेपाली कांग्रेस र नेकपा एमाले पछाडी तेस्रो शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पार्टी विभाजन पछाडी आफै संकटमा परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई  राजावादी र हिन्दु धर्मवादी पार्टीको रुपमा हेर्ने गरिन्छ  । यहि पार्टीले मंसिर ६ गते २ पार्टी बीच एकताको घोषणा गर्यो  । पार्टी एकताको घोषणा कार्यक्रममा देशभरका नेता तथा कार्यकर्ताहरुलाइ बोलाइएको थियो  ।

राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हल र प्रज्ञा प्रतिष्ठानको प्राङ्गनमा हजारौ नेता तथा कार्यकर्ता बीच पार्टी एकताको घोषणा संगै प्रकाश चन्द्र लोहनी, विश्व बन्धु थापा,लोकेन्द्र बहादुर चन्द, कमल थापा लगायत अन्य पार्टी नेतृत्वहरुले आ-आफ्नो मन्तव्य राखेका थिए । मन्तव्यकै क्रममा प्रकाश चन्द्र लोहनीले धर्म स्वतन्त्रता सहितको हिन्दु राज्य हुनु पर्छ भने  । त्यस्तै राष्ट्रिय अध्यक्ष पशुपती शमशेर राणाले,२ मा २ जोड्दा ४ मात्रै हैन, राजनीतिमा ८ पनि हुन्छ  । पार्टी एकता भयो भनेर निदाउनु, पाईन्दैन, सबै सक्रिय भएर अगाडि बढ्नु पर्यो  । उद्दारवादी,हिन्दुवादी सबै राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्केर आउन आग्रह पनि गरे  । ८१% हिन्दु भएको देशमा धर्मनिरपेक्ष कसरी भयो ? धर्मनिरपेक्षलाई हामी सहन सक्दैनौ ।  संविधानमा हिन्दु राष्ट्र किटेर लेखिनु पर्यो  ।  धर्मनिरपेक्ष घोषणा गर्ने नेताहरुलाई म चुनौती दिन्छु, सक्छौ भने, जनमत सर्वेक्षण गर भनेर चुनौती पनि दिए ।

पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले भने थोरै फरक तरिकाले मन्तव्य राखे  ।  चन्दले भने, यो बादी त्यो बादी भन्दै सबैले कुर्सी मात्रै ताक्ने गरेकोले देशमा प्रगती हुन नसकेको तर्क पेस गरे  ।  यहाँ एकले अर्कोलाई छिर्के हान्ने मात्र काम हुन्छ  ।  तर सबै मिलेर सहयात्रा गर्नु पर्यो भने  ।

यस्तै पार्टी अध्यक्ष कमल थापाले,अब राप्रपा देशकै ठुलो पार्टी बनाउने संकल्प गरे  ।  १० बर्ष अगाडि भएको १२ बुदे सहमती र त्यसपछि उत्पन्न राजनीतिक उतारचढाबले नेपालको राष्ट्रियतामै खतरा परेको दाबि गरे  । धर्म निरपेक्षले देश धर्म संकटमा परेकोले देश हिन्दु राष्ट्र हुनुपर्यो भन्ने धाराणा राखे  ।  तर राजावादी भनिए पनि राप्रपा राजावादी हुने वा गणतन्त्रवादी हुने भन्ने निर्क्यौल चाही आगामी बैठकले निर्णय गर्ने बताए  ।   कार्यक्रममा गायिका कोमल ओलीलाई पार्टीका नेतृत्वहरुले फूलमाला लगाएर पार्टी प्रवेस गराए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *