भुकम्प आउनु अगाडी नै सूचना दिने प्रविधि नेपालमा पनि जोडियो

मंसिर २९ काठमाडौँ, अब नेपालमा पनि भुकम्प आउनु लाग्दा सूचना दिने साइरन बज्ने भएको छ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले चीनको सहयोग लिएर पहिलोपटक भुकम्पको पूर्वसूचना दिने यन्त्र जडान थालेको छ । यसले भूकम्प आउनुभन्दा २० सकेण्डअघि साइरन बजाएर भुकम्पको प्रारम्भिक सूचना दिन्छ ।अहिले नाष्टले काठमाडौं वरपरका क्षेत्रमा पाइलटिङ गरिरहेको छ ।

यो प्रविधिले भुकम्पका प्रारम्भिक तरंगलाई विश्लेषण गर्छ ।यसले ५ रेक्टरभन्दा माथिका भुकम्पबारे केही सेकेण्डअघि नै सूचना प्रवाह गर्छ । यसले गर्दा सावधान रहन र सुरक्षित स्थानसम्म पुगेर बस्न सहयोग पुग्छ ।

यो प्रविधिको मुख्य कन्ट्रोल रुमका रुपमा नाष्टको केन्द्रीय कार्यालयभित्रै ‘नेपाल भूकम्प पूर्वचेतावनी केन्द्र’ स्थापना गरिएको छ । जहाँ कम्प्युटर र इन्टरनेटको माध्यमबाट भुकम्पको पूर्वसूचना प्राप्त हुन्छ । तर, पूर्वसूचना दिने यन्त्र धेरै ठाउँमा जोड्न नसकिएकाले देशभरको सूचना यो सर्भरसम्म आइपुग्दैन ।

यसका लागि सेन्सर र सर्भरको इन्टरनेटको गति पनि ‘फाष्ट’ हुनुपर्छ । इन्टरनेटको गति कमजोर भए सूचना आउन उति नै ढिला हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *