फुटबल खेलाड़ी मध्य सर्वाधिक धनि को-को ?

mesiमंसिर ३० काठमाडौ, तिनपटक सम्म फिफा बर्ष खेलाड़ी र अघिल्लो साल चौथो पटक यूरोपियन बर्ष खेलाड़ीको उपाधि हात परेका रियाल मेड्रिट खेलाड़ी क्रिश्टियानो रोनाल्डो फुटबल खेलाड़ी मध्यको सर्वाधिक धनि देखिएको छ । उनको तलब र बोनस गरेर ५३ मिलियन डलर र बिज्ञापन बापत २९ मिलियन डलर आम्दानी देखिन्छ । नाइक जुत्ता,हरबो लाईफ, टयग हेउर,क्लियर,पेस्तोला,होटल ग्रुपले,उन्लाई प्रायोजन गरेको छ ।

यस्तै,दोस्रो नम्बरमा,बार्सिलोना अर्जेंटीना खेलाड़ी, लियोनल मेसी दोस्रो नम्बरमा देखिएको छ । गतबर्ष पाँचौ पटक फिफा बर्ष खेलाड़ी विजेता मेसिको तलब र बोनस गरेर ५१ मिलियन डलर र बिज्ञापन बापत २६ मिलियन डलर रहेको जनाइएको छ । एडिडास,लेजस,गाटोरेड, इए स्पोर्टस प्रायोजक रहेको छ मेसीको ।

तेस्रो नम्बरमा भने, म्यान चेस्टर खेलाड़ी,जाटलान इब्राहिमोभिक रहेको देखिएको छ ।३८ बर्षीय इब्राहिमोभिकको तलब र बोनस गरेर ३० मिलियन डलर र बिज्ञापन मार्फत ७ मिलियन डलर रहेको जनाइएको छ । इब्राहिमोभिकले २०१४ मा नाईक जुत्ताको लागि ३ मिलियन डलरमा सम्झौता गरेका थिए । त्यों सम्झौता २०१९ सम्म रहने छ । नाईक जुत्ता,भोल्बो,भिटामिन वेलले इब्राहिमोभिकलाई प्रायोजन गरेको छ ।

चौथो नम्बरमा देखिएको छ,बार्सिलोनाको खेलाड़ी,नेइमर जूनियर । २०१६को फिफा बर्ष खेलाडीको अन्तिम मनोनयनमा परेका नेइमर एक उत्कृष्ट फरवार्ड हुन् । नेइमरले इन्टरनेटको ओस्कार अवार्डको नामले चिनिने बेबी अवार्ड जीतेका छन् । उनको आम्दानी,तलब र बोनस गरेर १४ मिलियन डलर र बिज्ञापन मार्फत २२ मिलियन डलर रहेको छ । उनलाई नाईक, रेक्सोना,क्लियर,पानासोनिकले प्रायोजन गरेको छ ।

यसैगरी,पाँचौ नम्बरमा परेका छन् रियाल म्याड्रिड वेल्सका खेलाड़ी मेराथ बेल । उनको तलब र बोनस गरेर २४ मिलियन र बिज्ञापन बापत १० मिलियन डलर रहेको छ । बेलका प्रायोजक एडिडास,विटी स्पोर्ट सोनी,एक्सपेरिया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *