ब्राजिलको फुटबल टिम चढेको विमान दुर्घटना

bimanमंसिर १४ काठमाडौं, ब्राजिलको फुटबल टिम चढेको विमान कोलम्बियाको मेडलिन नजिकै दुर्घटना भएको छ । उक्त चार्टर विमानमा फुटबल टिम सहित अन्य ७२ जना यात्रुहरु थियो ।

मडेलिन अन्तराष्ट्रिय विमास्थलका लागि उडेको उक्त विमानमा ब्राजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेको अधिकारीहरुले बताएका छन् । उनीहरु एथ्लेटिको नेशनलविरुद्ध दक्षिण अमेरकी क्लब कपको फाइनल खेल्न कोलम्बिया गएका जादै थिए।

अहिले दुर्घटनास्थलमा उद्धारकर्ताहरु खटिएका छन् । क्षतिबारे आधिकारिक विवरण आएको छैन । स्थानीय सञ्चार माध्यमहरुले केही मानिस जिवित भएको समाचार सम्प्रेषण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *