बुढीगण्डी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिकाे माइतीघर मण्डलामा धर्ना

काठमाडाैँ । जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको माग गर्दै स्थानीयले धर्ना सुरु गरेका आज ५ अ‍ाैं दिनमा प्रबेश गरेकाे छ ।

बुढीगण्डी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले माइतीघर मण्डलामा धर्ना सुरु गरे सरकारलाई दवाव सिर्जना गरेकाे छ ।

सोमबारबाट सुरु भएको रिले अनशनमा प्रभावित जिल्लाका साँसद तथा राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराई देखि सिर्ष नेताहरुकाे उपस्थिति रहदै आएकाे छ ।

हिजाे ४अौं दिनमा आइपुग्दा संसभासद श्री  हरिराज अधिकारी, प्रदेश संसद श्री जगत सिंखडा लगाएतकाक अन्य सिर्ष नेताहरुकाे पनि उपस्थिति थियाे ।

  • आयोजनाको मोडालिटि चाँडै तय गरी निर्माण अघि बढाउन,
  • यस आयोजनामा राजनीति नगर्न, घर, गोठ, बोटविरुवाको मुआब्जा तत्काल निर्धारण गरी वितरण गर्न,
  • पुर्नवास र पुनःस्थापनाको सुनिश्चितता गर्न,

एक हजार दुई सय मेगावाट क्षमताको यो आयोजना निर्माणको जिम्मा सरकारले एक चिनियाँ विवादास्पद कम्पनीलाई दिए पनि उसले अहिलेसम्म कुनै काम अघि बढाएको भने देखिदैन।

सोही आयोजना बनाउन भन्दै सरकारले इन्धन प्रयोगकर्ताहरूबाट प्रतिलिटर पाँच रुपियाँका दरले उठाउन थालेको रकम ५० अर्ब रुपियाँभन्दा बढि संकलन भइसके पनि यो आयोजना कस्ले र कुन मोडालिटिमा बनाउने भन्ने अझै पनि टुंगो लागेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *