“काभ्रेमा धुलो दुध कारखाना लगाउन एसोसिएसनको मन्त्री लामालाई आग्रह “

काभ्रे । नेपाल डेरी एसोसिएसनले बागमती प्रदेश सभामा काभ्रेपलान्चोक जिल्लाबाट निर्वाचित सदस्य माननीय चन्द्र लामा बागमती प्रदेश सरकारको भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै वहाँको कार्यकालमा समग्र कृषि क्षेत्रको विकास सँगै दुग्ध क्षेत्रको विकासमा अग्र स्थानमा रहँदै काँचुली फेर्ने कुरामा आशावादी रहेको कुरा बताउँदै पहिलो डेरी स्थापना भएको काभ्रे जिल्लामा केहि खास पहिचान हुने काम गरि जिल्लाको दुधको इतिहास बचाउन अनुरोध गर्यो। वहाँको कार्यकालमा दुग्ध किसानको हितमा सदा ध्यान जाओस् भन्ने कुरामा नेपाल डेरी एसोसिएसन परिवारले पुरा अपेक्षा गरेको छ ।

बधाई दिने क्रममा एसोसिएसन बागमती प्रदेश सचीव गोपाल तिमल्सिना, कोषाध्यक्ष नवराज तिमल्सिना, सदस्य श्याम घिमिरे, धुर्ब तिवारी केन्द्रिय सदस्य मनोज घिमिरे र महासचिव प्रल्हाद दाहलको उपस्थिति रहेकोे थियो । महासचिव दाहालले काभ्रे जिल्ला सबैभन्दा धेरै दुध उत्पादन हुने र दुधमा पहिलो आत्मनिर्भर भएको जिल्ला भएर पनि दुग्ध क्षेत्रमा भने जति विकास हुनुपर्ने हो त्यति हुन नसकेर किसान र उद्योगले त्यति सहजता पाएका छैनन् ।

वि.स. २००९ सालमा पहिलो डेरी स्थापना भएको काभ्रेको नाला टुसालमा रहेको जमिन अहिले जंगलमा परिणत भएको छ । सो स्थानमा डेरी टेक्निकल ईन्स्टिच्यु बनाउन पहल गर्न महासचिव दाहालले मन्त्री लामालाई आग्रह गर्नुभयो । सबैभन्दा बढी दुध उत्पादन हुने र सबैतिरलाई पायक पर्ने जिल्ला भएकोले धुलो दुध कारखाना स्थापना गर्दा समग्र प्रदेश भरिका जिल्लालाई सुविधा हुने छ ।

प्रायः सबै जिल्लामा दुध कम बिक्री हुने समयमा किसानको दुध खेर जाने गरेको र सो रोक्न धुलो दुध खारखाना अति आवश्यक भएको कुरा पनि दाहालले बताए।

त्यसै गरि भेटको क्रममा केन्द्रिय सदस्य मनोज घिमिरेले नेपाल डेरी एसोसिएसनको अवधारणा राख्दै बधाई दिए । एसोसिएसनका बागमती प्रदेश सचीव गोपाल तिमल्सिनाले बधाई दिँदै मन्त्रीज्युको दुग्ध क्षेत्रलाई हेर्ने नजर फराकिलो बनाउन अनुरोध गरे भने प्रदेशका कोषाध्यक्ष नवराज तिमल्सिनाले आफू पनि काभ्रेको भएको र मन्त्रीज्यु पनि काभ्रेकै पाएकोमा खुशी ब्यक्त गरे ।

त्यस्तै बधाई दिने कार्यक्रमका प्रदेश सदस्य श्याम घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको बारे बताउँदै बागमती प्रदेश सबैभन्दा बढि दुध खपत हुने प्रदेश भएको र यो प्रदेशलाई चाडैं दुधमा आत्मनिर्भर बनाउने तर्फ कार्यक्रम ल्याउन मन्त्रीज्युलाई आग्रह गरे ।

कार्यक्रमको अन्त्यमा प्रदेश सदस्य धुर्ब तिवारीले बधाई दिँदै एसोसिएसनलाई माया गरि समय उपलब्धि गराइदिनुभएकोमा मन्त्रीज्युलाई धन्यवाद दिँदै दुग्ध क्षेत्रको समग्र विकास हुने कुरामा एसोसिएसन परिवार विश्वस्त रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *