बाढीपीडितलाई राहतका नाममा सडेको र कुहिएको चामल वितरण

सप्तरी ३१ साउन- सप्तरी जिल्लाको तिलाठी-कोइलाडी गाउँपालिकाका बाढीपीडितलाई राहतका नाममा सडेको र कुहिएको चामल वितरण गरिएको पाइएको छ ।

सप्तरी जिल्ला दैवी प्रकोप उद्वार समितिको अगुवाईमा २८ साउनमा यो चामल तिलाठी-कोइलाडी गाउँपालिकाको कुसाहामा वितरण गरिएको थियो । वितरण गरिएको चामल पीडितले खाना पकाउने बेलामा खोलेर हेर्दा सडेको पाइनुका साथै कुहिएको समेत थियो ।

१० किलो प्याक गरिएको यो चामल १ सय ८० पीडित परिवारलाई वितरण गरिएको थियो । यो चामलसहित १ सय ५० थान त्रिपाल समेत काठमाडौंबाट ‘सिरिसको फूल’ नामक संस्थाले दैवी प्रकोप उद्वार समिति सप्तरीलाई दिएको सप्तरी रेडक्रसका सभापति जोगेन्द्र भगतले बताए ।

ती सामाग्री रेडक्रसमै राखिएको र वितरण गर्न जाँदा ती संस्थाका व्यक्तिहरु पनि सँगै गएको भगतले बताए । कुहिएको चामल फेला परेपछि आफूले ती संस्थाका पदाधिकारीहरुलाई फोन गरेर धन्यवाद दिएको रेडक्रसका सभापति भगतले बताएको समाचार अनलाईन खबरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *