गायिका सरला राई र गायक बिसी राईको “प्रेमको सागरमा” सार्वजानिक

काठमाडौ ३१ साउन- गायिका सरला राई र गायक बिसी राईको “प्रेमको सागरमा” बोलको गीत सार्वजानिक भएको छ । “प्रेमको सागर” गीति एल्बममा रहेको यो गीतको शब्द रचना र संगीत बिसी राईले गरेका हुन् भने एरेन्ज र मिक्सिङ्ग पनि बिसी राईले नै गरेका छन् । वेलायतमा बस्दै आएका बिसी राईले यो गीतमा पश्चिमी फ्लेवर दिन खोजेका छन् ।

“मिनी बसैमा” “युके कम्पनी” ” नहेरे झैँ” जस्ता सयौ गीतहरुमा स्वर भरि सकेकी गायिका सरला राई नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर उकालो चढि रहेकी छन् । उनको यो ” प्रेमको सागरमा” पछिल्लो पटक सार्वजानिक भएको गीत हो ।

यो गीतको म्युजिक भिडियोलाई छायांकन र निर्देशन स्वप्निल लिम्बुले गरेका छन् ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *