प्रभात सुबेदीको नयाँ एल्बम ”प्रभात” बजारमा

पौष २५ काठमाडौ, नेपाली गीत संगीतमा पछिल्लो समय गीतकारको रुपमा स्थापित भएका गीतकार प्रभात सुबेदीको नयाँ एल्बम प्रभात बजारमा सार्बजनिक भएको छ । सोहि एल्बममा समाबेश गीत “एक्लै जिउनेको”म्युजिक भिडियो पनि निर्माण भएको छ ।

प्रभातको आफ्नै शब्द रहेको यो नयाँ गीतमा युबराज चौलागाईंको आवाज प्रल्हाद बोगटीको संगीत अनि उदय राज पौडेल संगीत संयोजन गरेका छन् ।

प्रेम वियोगमा आधारित यो गीतको म्युजिक भिडियोमा बिपना र युबराजको अभिनय रहेको छ । निशान घिमिरेको उत्कृस्ट सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने अर्जुन अधिकारीको निर्देशन रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *