खुकुरी प्रहारको योजनाकार तरुण दल अध्यक्ष दिग्वीजय जंग राणा पक्राउ

पौष २४ काठमाडौ, युवा संघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि भएको आक्रमण योजनाकारका रुपमा प्रहरीले तरुण दल बाँके क्षेत्र नम्बर १ का अध्यक्ष दिग्वीजय जंग राणालाई पक्राउ गरेको छ । राणा पक्राउको विरोधमा तरुण दलले आइतबार बाँके जिल्ला बन्द आह्वान गरेको छ ।

प्रहरीले यसअघि युवासंघकै कार्यकर्ता लक्ष्मण मल्लले खुकुरी प्रहार गरेको जनाएपनि घटनाको मुख्य योजनाकारका रुपमा राणालाई शनिबार अपरान्ह पक्राउ गरेको हो । आरोपी लक्ष्मण मल्लकै बयानका आधारमा तरुण दल क्षेत्रीय अध्यक्ष राणा र युवासंघका समशेरगञ्ज गाउँ कमिटी उपाध्यक्ष ज्ञानबहादुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । थापा, बुढाथोकी, मल्ल लगायतको टोली कोहलपुरको एक रेष्टुरेन्टमा मदिरा सेवन गरेर फर्किने क्रममा यही पुस १४ गते राति बुढाथोकीलाई मल्लले घाँटीमा खुकुरी प्रहार गरेका थिए ।

प्रहरी स्रोतका अनुसार आक्रमणलगत्तै मल्ललाई अनटेस्ट मोटरसाइकलमा राखेर कोहलपुरबाट १० किलोमिटर टाढा ढकेरी पुर्‍याइएको थियो । ढकेरीबाट कारमा राखेर उनलाई काठमाडौंसम्म पुर्‍याइएको थियो । मल्ललाई भगाउन सहयोग गर्ने व्यक्तिहरुसहित दुईवटा मोटरसाइकल र कारसमेत प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *