प्रधानमन्त्री देउवालाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानद्वारा बधाई तथा शुभकामना

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई​ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन्। 

प्रतिनिधिसभाबाट हिजो (आइतबार) विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री खानले समकक्षी देउवालाई बधाई दिएका हुन्। बधाई दिँदै खानले ट्वीटरमा लेखेका छन्, ‘प्रतिनिधिसभाबाट विश्वासको मत जितेका देउवालाई बधाई दिन चाहन्छु। मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन र आपसी हितका मुद्दामा मिलेर अघि बढ्ने पाकिस्तानको अपेक्षा छ।’

I congratulate H.E. Sher Bahadur Deuba, Prime Minister of Nepal, on winning the vote of confidence from the House of Representatives. Pakistan looks forward to further deepening its cordial ties with Nepal & would continue to work closely with Nepal on issues of common interest.

https://platform.twitter.com/embed/Tweet.html?dnt=false&embedId=twitter-widget-0&features=eyJ0ZndfZXhwZXJpbWVudHNfY29va2llX2V4cGlyYXRpb24iOnsiYnVja2V0IjoxMjA5NjAwLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X2hvcml6b25fdHdlZXRfZW1iZWRfOTU1NSI6eyJidWNrZXQiOiJodGUiLCJ2ZXJzaW9uIjpudWxsfX0%3D&frame=false&hideCard=false&hideThread=false&id=1416961898105511941&lang=en&origin=https%3A%2F%2Fthahakhabar.com%2Fnews%2F131087%2F%3Ffbclid%3DIwAR1JXR8GUFfiM6jMA9Ip–VyZ65dwAzP_72LofQK_gXSPR94OQdDY0wDAHU&sessionId=f507fd0c19292e47bde663c1a870f722919beaf7&theme=light&widgetsVersion=82e1070%3A1619632193066&width=550px

प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देउवालाई बधाई दिएका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *