एनआरएनए मलेसियाको २०२१ देखि २०२३ को कार्यकालका लागी विनोद वहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिती निर्विरोध

मलेसिया । गैरआवासिय नेपाली संघ एनआरएनए मलेसियाको २०२१ देखि २०२३ को कार्यकालका लागी विनोद वहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिती निर्विरोध निर्बाचित भएको छ ।

यसैगरी महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी र कोषाध्यक्षमा कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि निर्विरोध भएका छन ।

उनीहरु सवैजना सहमतीमै निर्विरोध भएका हुन । यसैगरी सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध भएका छन ।

आईसिसि सदस्यहरु तथा उपाध्यक्षमा मात्र सहमतिको प्रयास हुन वाकि रहेको छ र यो पनि सहमतिमा निर्बिरोध हुने एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले बताए ।

सहमतिको लागि प्रयास भैरहेको र सहमतिको लागि छलफल चलिरहेको छ । आज सम्म मलेसियामा एनआरएनको कहिल्यै पनि चुनाव नभई सर्बसम्मतिमै नेतृत्व चयन हुने गरेको छ ।

मलेसिया एनआरएनले निर्विरोध भएको पत्र केन्द्रमा पठाएपछि मात्र यसले वैधानिकता पाउने छ । मलेसियामा हाल ५२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन । यो मलेसियाको एनआरएनको इतिहासमै सवैभन्दा धेरै सदस्य हो ।

नबनिर्बाचित अध्यक्ष थापाको काधमा अव सवै एनआरएनहरुलाई मिलाएर लैजानु ,एनआरएनलाई मजदुर मुखि वनाउनु,नेपाली दुतावास संग सम्वन्वय गर्दे नेपाली मजदुरका मुद्धालाई उठाउनुका साथै नेपालका लगानीको वातावरण मिलाउनु सम्मको चुनौतीहरु समेत थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *