प्रधानमन्त्रीद्वारा धानखेती सुपर जोन कार्यक्रमको हिजो उद्घाटन

पौष २० झापा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोन कार्यक्रमको हिजो उद्घाटन गरेका छन् । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सातै प्रदेशमा सुपर जोन कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, केही वर्ष अघिसम्म हामी घन्नबालीमा आत्मनिर्भर थियौं । नेपाल कृषिप्रधान देश हो भनेर पढ्यौं, पढायौं । तर, अहिले कृषिको उत्पादकत्व उत्साहजनक छैन । यो सुपर जोन कार्यक्रमले यसलाई बदल्नुपर्छ, बदल्नेछ । जमिनको चक्लाबन्दी, कृषिको आधुनिकीकरण, विविधिकरण, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लक्ष्य हो । फगत औपचारिकताका लागि होइन, कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्न विशेष अपील गर्न चाहन्छु । यो कार्यक्रमले कृषि क्रान्तिमा महत्वपूर्ण योगदान दिन सक्नुपर्छ । यस वर्ष धानको उत्पादन बढेको छ । तर, उत्पादकत्व बृद्धिमा हाम्रो योजनावद्ध प्रयास भन्दा पनि मौसमी अनुकूलता मूख्य रुपमा जिम्मेवार छ । यसरी सधै चल्दैन, हामीले योजनावद्ध रुपमा विकास गर्न सक्नुपर्छ । यसका लागि हाम्रो संकल्प जरुरी छ ।

प्रधानमन्त्री प्रचण्डले आधुनिक ट्याक्टरद्धारा धान रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा कृषि विकास मन्त्री गौरीशंकर चौधरी, पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का प्रमूख सचेतक भानुभक्त ढकाल लगायतका वक्ताहरुले कृषिको प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरण आवश्यक रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *