नवल नेतृत्वको चलचित्र निर्माता संघले सञ्चार मन्त्री भेटे,अब बक्स अफिस लागू हुने

पौष १९ काठमाडौ, नेपाल चलचित्र निर्माता संघ (नवल खडका नेतृत्व) ले आज सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्की संग सञ्चार मंत्रालयमा भेटेर विभिन्न बुदाहरुमा छलफल गरेको छ । आज भएको छलफलमा बक्स अफिस लागू हुने निश्चित भएको जानकारी निर्माता संघका अध्यक्ष नवल खड्काले सूचना खबरलाई दिएका छन् । काठमाडौ जिल्ला प्रशासन कार्यालय र पाटन उच्च अदालतले समेत साधारण सभा नगर्न नगराउन आदेश दिइसकेको अवस्थामा अदालतको आदेशलाई वेवास्ता गरी, राजकुमार राई नेतृत्वको चलचित्र निर्माता संघले जबरजस्ती साधारण सभा गराएको थियो । आज भएको छलफलमा बक्स अफिस लागू गराउने र अदालतद्वारा साधारण सभा नगराउन आदेश जारी भइसकेको अवस्थामा साधारण सभा के कसरी गराईयों ? यो विषयमा छानबीन गर्ने प्रतिबद्धता सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले गरेका छन् । चलचित्र विकास बोर्डलाई गत मंसिर १४ गते नै, बक्स अफिस लागू गर्न आदेश गरिएको भए पनि आज सम्म बक्स अफिस लागू भएको छैन ।

आज भएको छलफल पश्चात निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्र निर्माताहरुलाई ऐक्यबद्धता जनाउन आवह्वान गरेका छन् । कानूनलाई अवहेलना गरेर पुरानो अवैधानिक निर्माता संघले साधारण सभा गरेको हुदा,उक्त संस्थाले गरेको सबै कार्यहरु पनि अवैधानिक नै हुने भएकोले सम्पुर्ण चलचित्र निर्माताहरुलाई नयाँ निर्माता संघमा आवद्ध हुन आवह्वान गरेका छन् ।

यो सम्बन्धमा,नयाँ नेपाली चलचित्र निर्माता संघका अध्यक्ष नवल खडकाले निम्न अनुसार कारणहरु खुलाएका छन्

नेपाल सरकारको चलचित्र विकास बोर्ड र नेपाल चलचित्र निर्माता संघ एवम् राष्ट्रिय चलचित्र निर्माता संघ समेतका अध्यक्ष रहेका राजकुमार राईलाई कारवाहि किन नगर्ने ?
क) बोर्डमा के गर्देछन् ?
१. आफ्नो पदको व्यापक दुरुपयोग गरी गैर कानुनी रुपमा ठाडो आदेशको भरमा आफू बस्ने कार्यकक्ष तडकभडकका साथ डेकेरेट गराइएको र आर्थिक लाभ लिएको ।

२. प्रेक्षालय मर्मतको नाममा अनावश्यक रुपमा प्रसस्त रकम खर्च गरी व्यापक भ्रष्ट्राचार गरेको, करिब १ करोड खर्च गरेको ।

३. बोर्डको प्रयोजनार्थ भनि पुरानो गाडी खरिद गरी नयाँ गाडी खरिद गरेको बिल भर्पाई पेश गरेको । लगभग करोडको हाराहारिमा खर्च भनी आर्थिक लाभ लिएको ।

४. बोर्डमा कर्मचारी नियुक्त गर्दा विना दरवन्दी मन लागि रुपमा आफूखुशी ज्यालादारिमा एवम् मासिक तलब खुवाई राज्य कोषको रकम हिनामिना गरेको ।

५. आफू निकटमा संघ संस्था एवम् व्यक्तिहरुलाई मापदण्ड विपरित हचुवाका भरमा रकम बाँढ्ने गरेको ।

६. राष्ट्रिय गानाको भिज्योलाइज गर्ने नाममा आफ्नै मान्छेको नाममा रकम निकासा गरी रकम हिनामिना गरेको ।

७. दोलखामा सुटिङ्ग स्टुडियो निर्माण गर्ने भनिएकोमा सोहि बारेमा डकुमेन्टेशन निर्माण गर्ने भनि आफ्नै मानिसको नाममा रकम निकाशा गरी हिनामिना गरेको ।

८. बक्स अफिस लागू गर्ने निकायमा आफै रहँदा पनि केहि हल व्यवसायीसँग साँठगाँठ गरी व्यक्तिगत आर्थिक लाभ लिई वक्स अफिस कार्यान्वयन गर्न बाधा पु¥याएको ।

९. राष्ट्रिय चलचित्र नीति तथा अनुगमन समिति बरिष्ठ चलचित्रकर्मी यादब खरेलको समितिलाई काम गर्न नदिएको । कार्यालयको लागि एउटा कोठा पनि उपलब्ध नगराएको र राजिनामा गर्न बाध्य बनाइएको ।
ख) निर्माता संघमा के गरे ?

१०. नेपाल चलचित्र निर्माता संघको भवन निर्माण कोषको २४ लाख रुपैयाँ ७ वर्ष अगाडी देखि दुरुपयोग गरेको र ७ वर्ष यता निर्मातासँग भवन निर्माण कोषको रकम उठाएर पनि बैंकमा दाखिला नगरी दुरुपयोग गरेको । भवन निर्माण कोषको स्पष्ट कार्य्विधी बनेको र अन्य कुनै पनि शिर्षकमा खर्च गर्न नपाउने व्यवस्था छ, सो को उल्लङघन गरेको । त्यसकारण थप निर्माताहरु संघको सदस्य बन्न नचाहेको र दुई तिहाई भन्दा बढी सदस्यले सदस्यता नलिई संघका गतिविधिहरु बहिस्कार गरेका छन् ।

११. ४ वर्ष अगाडीदेखि सदस्यता वापतको ८ लाख ९ हजार ८१ वटा निर्माता कम्पनीहरुको रकम हिनामिना गरेको । जसमा सि.डि.ओ. कार्यालयमा मुद्धा नवल खड्काको समुहले दिएपछि ६ लाख तिरेको र अरु बाँकी २६ लाख रकम नतिर्नका लागि राजनितिक नेताहरुको शक्ति प्रयोग गरि दवाव र प्रभावमा सीडीओ लाई साधारण सभा गर्न दिने निर्णय गराई उम्कन र उम्काउन खोजिएको छ ।

१२. पुरानो राष्ट्रिय चलचित्र निर्माता संघ खारेजी भयो भनि सीडीओ कार्यालय काठमाण्डौको लेटर प्याड साधारण सभामा पेश गरेको । तर नक्कली लेटर प्याड बनाई निर्माताहरुलाई झुक्याएको । किनभने हालको नेपाल चलचित्र निर्माता संघको विधानले एउटै प्रकृतिको अन्य संघ संस्थाको कार्यसमितिमा रहेको व्यक्ति नेपाल चलचित्र निर्माता संघको कुनै पनि कार्य समितिको पदमा रहन नपाउने स्पष्ट व्यवस्था छ र पनि दुवै संस्थाको अध्यक्ष विधान विपरित रहिरहेको, किर्ते कार्य गरेको ।

१३. व्यापक रुपमा मिटर व्याजमा पैसा लगानी गरी चर्को व्याज असुल्ने गरेको र डर धाक धम्की दिएर निर्माताहरुलाई कार्यालयमा बोलाई कुटपिट गर्ने, मानसिक तनाव दिने, अनावश्यक संघ संस्थामा राजनीति गर्ने जस्ता अमानविय कार्यहरु गर्ने गरेका सबैले सुन्दै आएका छन् । यस्ता अनियमित आर्थिक क्रियाकलापका कारणले ५-७ वर्ष अगाडी सम्म न्यून आर्थिक अवस्थामा रहेको ब्याक्ति रातारात करोडौंको गाडि,लाजिम्पाट लगायतका ठाउँमा करोडौंका घरहरु बनाई अकुत सम्पत्ति जोडी आफू र आफन्तका नाममा राखिएको कुरा सबैमा विदितै छ त्यसमा पनि सम्बन्धित न्यायीक निकायले आयस्रोत खोजिनुपर्छ र निजलाई कारवाही गरिनुपर्छ ।

१४. उच्च अदालतको साधारण सभा रोक्ने अन्तरिम आदेशलाई अवज्ञा गर्न संघको ठेगानामा जाँदा अर्को कार्यालय रहेको र बोर्ड टाँसेको ठाउँमा अदालतको पत्र पुग्दा ताल्चा लगाएर सबै भागेको र सूचना थाहा नपाएको भन्ने आधार बनाएको । सूचना सोहि दिन अदालतको वेभ साइटमा प्रकाशन गरेको, दैनिक पत्रिका, अनलाइन मिडिया, टेलिभिजन, बिभिन्न सामाजिक सञ्जाल मार्फत व्यापक जानकारी भएको तर कोठे साधारण सभा गरेको प्रचारमा ल्याइएको ।

१५. संघका पूर्व अध्यक्षहरु र निवर्तमान अध्यक्ष कोहि पनि कथित साधारण सभामा उपस्थित नभएका र करिब ५०० भन्दा माथि सदस्य रहेकोमा १०० को हाराहारिमा मात्रै उपस्थिति भएको र ४०० भन्दा माथिले बहिस्कार गरेको आर्थिक पारदर्शिता नभएका कारणले दुई तिहाई भन्दा बढीले बहिस्कार गरेकाले संघ खारेजी गरिनु पर्दछ । अहिलेको स्थिति भनेको संघ खारेजी सो सरह हो । पुरानो टिमले छोडिसकेको र नयाँ टिमले बैधानिकता गुमाई सकेको अवस्था छ । सो टिमले गरेको कुनै पनि कार्य वैध हुँदैन भन्ने कुरा सबैले स्पष्ट रुपमा बुझन जरुरी छ ।

१६. हालको सदस्यता वापतको र भवन निर्माण शुल्क वापतको बैङ्क स्टेटमेन्ट खोज्न जरुरी छ । अदालतले साधारण सभा रोक्ने आदेश दिई सकेको अवस्थामा सरकारको अर्को अङ्ग बोर्डको प्रेक्षालय भित्र कथित संघको नौटंकि साधारण सभा किन गर्न दिइएको हो, यसको पनि स्पस्ट जवाफ हामीले चाहेका छौं ।

माथि उल्लेखित कारण श्री राजकुमार राईले पेशागत संघमा समेत आर्थिक भ्रष्ट्राचार र पदिय जिम्मेवारी पुरा नगरेको देखिन्छ । त्यसमाथि नेपाल चलचित्र विकास बोर्डमा नेपाल सरकारको नीतिलाई कार्यान्वयन गर्न नसकेको र केही कार्यालय व्यवस्थापन गर्ने नाममा व्यापाक आर्थिक हिनामिना गरेकाले नीजले नेपाल चलचित्र विकास बोर्डको नेतृत्व निर्वाह गर्न नसकेको स्पष्ट देखिन्छ । अझ राज्यको न्यायीक सर्वोच्चतालाई उल्ङघन गरेकाले नीज राजकुमार राईलाई राज्यको निकायको नेपाल चलचित्र विकास बोर्डमा अध्यक्ष जस्तो पदमा राखिरहन उचित नहुने प्रष्ट हुन्छ । त्यसैले हामी चलचित्र निर्माताहरु श्री माननीय मन्त्रीज्यू समक्ष यथोचित कारवाहीका साथ अध्यक्ष पदबाट हटाउन अनुरोध गर्दछौं, भनेर नवल खड्काले लेखेका छन् ।nawal khadka

Leave a Reply

Your email address will not be published. Required fields are marked *