प्रदेश नं १ को राजधानी धरानलाई बनाउन धरानबासीले रिले अनसन शुरु गरे

धरान – प्रदेश नं १ को राजधानी धरानलाई बनाउन धरानबासीले रिले अनसन शुरु गरेका छन् । धरानलाई प्रदेश नं १ को राजधानी बनाउ अभियान स्वतन्त्र समितिले भानुचोकस्थित घण्टाघरको पेटीमा पाल टाँगेर शनिबार दिउँसोदेखि रिले अनसन शुरु गरेको हो । अनसनमा विभिन्न राजनीतिक दल सम्बद्ध युवा, सामाजिक संघसंस्था र सर्वसाधारणहरूले पनि स्वेच्छिकरुपमा सहभागिता जनाइरहेका छन् । समितिले अनसनस्थलमा प्रदेशसभा, मुख्यमन्त्री र मन्त्रालयको लागि धरानमा उपलब्ध भौतिक संरचना एवं पुर्वाधारहरूको तस्बिरसमेत ब्यानरमा राखेका छन् ।

समितिको अगुवाईमा यसअघि भानुचोकमा धरानलाई प्रदेश १ को राजधानी बनाउने ऐक्यवद्धतासहित प्रतिवद्धता सभा पनि आयोजना गरिसकेको छ । यस्तै, विभिन्न महत्वपूर्ण स्थानमा ब्यानर, पोष्टरिङ पनि गरिएको छ भने चारपांग्रे, दुई पांग्रे सवारी साधानमा स्टिकर टाँसेर धरानलाई राजधानी बनाउन दबाबमुलक अभियान पनि जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *