पोखरा १७ भदौ –पोखराको पर्यटकीय क्षेत्र सराङ्कोटमा तेश्रो सराङ्कोट पर्यटन महोत्सव उद्धघाटन गर्न पुगेका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पोखरा काठमाडौ रेल संचालन गर्ने बताएका छन् । महोत्सव शुक्रबार देखि सुरु भएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । काठमाडौंबाट पोखरासम्म पुग्ने रेलमार्ग निर्माणका लागि प्रकृया सुरु भइसकेको र केही वर्ष भित्रै सन्चालनमा आउने उनले दाबि गरेका छन् । रेलमार्ग निर्माणमा केहि ढिलाई भएपनि यसलाई कसैले रोक्न नसक्ने पनि ओलीले बताएका छन् ।