नेपाली काँग्रेस परित्याग गरी फोरम नेपालमा प्रवेश

अभिमनु कुमार पटेल / रौतहट १७ भादौ
स्थानीय तहको तेस्रो चरणको चुनाव नजिकिँदै गर्दा नेपाली काँगे्रसको ठुलो गढ भन्ने परोहा न.पा.३ तेजापाकडको धेरै पुरानो नेताहरु परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ ।

परोहा नगरपालिका हाल वडा नं ३ साविक गाविक तेजापाकड निवासी नेपाली काँगे्रस रौतहटको पूर्व सभापति स्व.नारद सिंहको भतिजो रंजन कुमार सिंह उर्फ टुन्नु सिंह फोरम नेपालमा प्रवेश गरेको छ ।

नेपाली काँग्रेस पार्टीले स्थानीय निवार्चनमा जातीवाद, कृपावाद र नातावाद हाबी भएको नेतृत्व र नीतिप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको सिंहले बताएका छन ।

नेपाली काँग्रेस पार्टीको संस्थापक र शेख इद्रीशसँगै सबै आन्दोलन देखि हरेक दुखमा साथ दिएको यो सिंह परिवारलाई जिल्लाका केही गलत निती र एक्लौटी शासन चलाउने नेतृत्वका व्यक्तिकै कारण धेरै पुरानो नेता कार्यकर्ताहरुले आज मसागै फोरम नेपालमा प्रवेश गरेको युवा नेता सिंहले बताउनु भएको छ ।

परोहा नगरपालिका तेजापाकड टोलका कपिलदेव सिंह, रामविनय सिंह, रामेश्वर सिंह, चन्द्रदेव सिंह, ध्रुपनारायण सिंह, राजकिशोर सिंह, संजीव सिंह, ब्रजकिशोर सिंह, गणेश राय यादव, भोला महतो कोईरी, जगत महतो काईरी, बिनोद महतो कोईरी, बहादुर महतो कोईरी, तेजनारायण महतो कोईरी, सरोज प्रसाद कुश्वाहा, शेष आलम बसीर, अकलु पासवान र जमुनी देवी लगायत सयौं नेता कार्यकर्ता फोरम नेपाल प्रवेश गरेका छन ।

सोही क्रममा सिंहले अबको स्थानीय चुनावमा परोहा नगरपालिका क्षेत्रमा नेपाली काँग्रेस पार्टीलाई ठूलो धक्का लागेको र लाग्ने युवा नव प्रवेशी नेता रंजन सिंहले बताएका छन । मधेश र मधेशी लाई जनतालाई संविधान संशोधनको नाममा पटक पटक धोका दिने र संशोधन विधेयक फेल गराएर मधेशलाई धोका दिएको भन्दै फोरम नेपाल प्रवेश गरेको प्रतिक्रिया दिएका हुन ।

फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर यादव, पूर्व सभासद बबन सिंह र रेवनत झाले नवप्रवेशी नेता कार्यकर्ताहरुलाई फूलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका विधार्थी जिल्ला अध्यक्ष प्रकाश भाईले जानकारी दिएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *