पुर्ब राजा ज्ञानेन्द्र शाहका सा-परिवार क्रिसमस पार्टीमा सरीक

पौष १० काठमाडौ, लाजिम्पाटस्थित त्रिसरा रेष्टुरेष्टले आयोजना गरेको क्रिसमस इभ पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाह, उनका पुत्र पारससहित पूर्वराजपरिवारका सदस्यहरु सामेल भएका छन् ।

शनिबार रेष्टुरेन्टले क्रिसमस इभको अवसर पारेर ह्वाइट अफेयर पार्टीको आयोजना गरेको थियो । सोही पार्टीमा पूर्व राजपरिवारका सदस्यहरु सहभागी भएका हुन् ।

उनीहरुले निर्मल निवासको नजिकै पर्ने उक्त रेष्टुरेष्टमा खानपिन र केहीबेर त्यहाँ जम्मा भएका सर्वसाधारणहरुसँग फोटो सेसन पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *