संविधान संसोधन थाती राखेर चुनावको मिति घोषणा गर्न कांग्रेसको सुझाव

पौष १० काठमाडौ,प्रधानमन्त्रीले संविधान संसोधन कुनै पनि हालतमा फिर्ता नहुने बताइरहेको बेला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतवार विहान बसेको पदाधिकारी बैठकमा, नेताहरुले संविधान संशोधन बिधेयक थाती राखेर भए पनि तत्काल स्थानीय निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।

स्थानीय तह वा निकाय जुनसुकै भए पनि चैतमा चुनाव हुनुपर्ने आजको बैठकले निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधान संशोधन बिधेयक थाति राखेर भए पनि चुनाव घोषणा गर्न अधिकांश पदाधिकारीले सुझाव दिएको बताए । उनले एमालेलाई सहमतिमा नलिई संविधान संशोधन र चुनाव दुबै असम्भव भएकाले संशोधन बिधेयक थाति राख्नु उपयुक्त हुने बताए

बैठकमा सभापति देउवाले संविधान संशोधन नगरी मधेसी मोर्चा चुनावमा आउने सम्भावना नरहेकाले एमालेले हठ नछाड्दा समस्या उत्पन्न भएको बताएका छन् ।कांग्रेसका नेताहरुले स्थानीय चुनाव पुरानै संरचना अनुसार गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *