नेम्वाङको पार्थिव शरीरलाई बालुवाटार लगियो, छोराहरुले श्रद्धाञ्जली अर्पण गरे

२७ भदौ, काठमाडौँ : संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट बालुवाटारस्थित उनको निवासमा लगिएको छ ।

दुई छोरा नेपाल आएर बाबुप्रति श्रद्धाञ्जली अर्पण गरेपछि नेम्वाङको पार्थिव शरीरलाई उनको निवास लगिएको थियो । छोराहरूले श्रद्धाञ्जली अर्पण गरे नेम्वाङका दुई छोरा मिङसो र सुहाङ दुवै जना क्रमशः बेलायत र अष्ट्रेलियाबाट बुधबार नेपाल आएका हुन् । नेपाल आएपछि उनीहरुले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

छोराहरुले श्रद्धाञ्जली दिएपछि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको थियो । उनको पार्थिव शरीरलाई मुन्धुम परम्परा अनुसार एक दिनसम्म आफ्नै निवासमा राखेपछि बिहीबार अन्त्येष्टि गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *