राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा विरोध प्रदर्शन

२७ भदौ, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

पार्टीले गौहत्याको विरोध गर्दै हिन्दु राष्ट्र र राजतन्त्रको पुनस्र्थापनाको माग गर्दै नारा लगाएको थियो । राप्रपाले संघीयता खारेज गर्न र भ्रष्टाचारको पूर्ण छानबिन गर्न पनि माग गरेको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले सुशासनको प्रत्याभूति, खस्कँदै गएको देशको अर्थतन्त्र र रोजगारीको सुधार, मुद्रास्फीति नियन्त्रण र जनतालाई राहत दिनका लागि आन्दोलन गरेको जानकारी दिए ।

प्रदर्शनमा विभिन्न धार्मिक संघसंस्था र संघसंस्थाको समेत सहभागिता रहेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपबाट सुरु गरेको विरोध र्‍याली रत्नपार्क पुगेर सभा गरेर टुंगिनेछ । विरोध सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनलगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *