नेपाल कम्युनिस्ट पार्टि (क्रान्तिकारी माओवादी) बर्दियाको प्रथम जिल्ला भेला हुने

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टि (क्रान्तिकारी माओवादी) जिल्ला समितिको प्रथम भेला फागुन ५ गते हुने भएको छ । प्रतिक्रियावादी व्यावस्था तथा नव संसोधनवादीहरुको संघर्ष गरौ, नयाँ जनवादी क्रान्तिको लागि प्रथम जिल्ला भेला सफल पारौ” भन्ने मूल नाराको साथमा बर्दियाको प्रथम जिल्ला भेला हुन लागेको हो ।

भेलामा पार्टिको प्रदेश नं पाँचका सेक्रेटरी प्रेम सुवेदी, केन्द्रिय सदस्य तथा बाँके, बर्दिया इन्चार्ज सङ्कुल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक लोकराज जैशी लगायतको विशेष उपस्थिति रहने छ ।

नेकपा (क्रान्तिकारी माओवादी) ले यो भन्दा अगाडि तीन महिने संगठन तथा जनपरिचालन अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू गरिसकेको छ । जन-सम्बन्ध बढाउँदै आन्दोलनको उठान गर्ने नीति सहित पछिल्लो पटक क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरू गाउँ गाउँमा पुगेर अभियान चलाएका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी) को प्रथम जिल्ला सम्मेलन फागुन ५ गते बिहान १० बजे सुरू हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *