निर्माता हसनराजा खानले वैदेशिक रोजगारीको कथामा फिल्म ‘प्रस्थान’ बनाउँदै

३२ साउन , काठमाडौं : ‘अलबिदा’ र ‘रोमियो’ जस्ता फिल्म निर्माण गरीसकेका निर्माता हसनराजा खानले वैदेशिक रोजगारीको कथामा फिल्म ‘प्रस्थान’ बनाउने भउका छन् । निर्देशन पनि हसनकै रहने यस फिल्मको घोषणा उनले अमेरिकामा भएको छैटौं ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रममा गरेका थिए ।

निर्माता खान व्यवसायको सिलसिलामा यूएईको दुबईमा बस्दै आएका थिए भने फिल्मको छायांकन पनि यूएई र नेपालमा हुने जानकारी दिए । यो फिल्मको निर्माणमा ।

तीन करोड बजेटमा निर्माण हुने यस फिल्मलाई दुबईको कम्पनी किब्रा इभेन्ट्सले समेत सहकार्य गर्नेछ भने फिल्मले वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने नेपालीको कथा प्रस्तुत गर्ने भन्दै फिल्मलाई हिन्दी भाषामा समेत डब गर्ने तयारी भैरहेको खान बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *