whatsapp sharing button

सुन प्रकरणमा थप दुई रेष्टुरेन्ट सञ्चालक पक्राउ

३२ साउन, काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट समातिएको ६० किलो सुन प्रकरणमा मंगलबार बेलुकी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्ट सँग मुछिएका दुई सञ्चालकलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाटनको डाउन टाउन अपार्टमेन्टमा छापा हानेर चार चिनियाँ नागरिकलाई पक्राउ गरेमध्ये तियान मी र वीन तोङ रेष्टुरेन्ट सञ्चालक भएको पाइएको छ ।

१४ साउनमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको थियो । र तियान मी र वीन तोङका केटीबी काराओके रेष्टुरेन्ट होटल भियना नजिकै छ ।
स्रोतका अनुसार, भियनाको नाममा लिइएको चार वटा गाडी चिनियाँ तस्करहरुले प्रयोग गरेका थिए । त्यही आधारमा दावा पक्राउ परेका थिए । अनुसन्धानबाट दावाको माओवादी केन्द्रका उच्च नेताहरु निकट सम्बन्ध छ । र उनकी श्रीमती अमला रोका रोल्पाकी माओवादी नेतृ समेत हुन् । अन्य पार्टीका नेता र सुरक्षा अधिकृतहरुसँग पनि उनको सम्बन्ध रहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *