नारायण राईको “यो जुनि” गीतको म्युजिक भिडियो सार्वजनिक

शान्तिराज राई-पौष १ काठमाडौ,नेपाली सांगीतिक आकाशमा एक स्थापित हुदै गरेको नाम हो नारायण राई । कृष्णमान राई र रामलक्ष्मी राईका साइला छोराको रुपमा जन्म लिएका राईले विभिन्न विधाको गीतमा स्वर दिदै आएका छन् । राईले नेपाली सांगीतिक आकासमा पुर्बेली भाका बाट सांगीतिक यात्रा सुरु गरेका हुन् । बहुप्रतिभासाली गायक नारायण गाउने मात्र नभई शब्द लेख्न तथा संगीत भर्न पनि पोख्त छन् । ७ दाजुभाइ १ दिदीका धनी राईले आफ्नो पुरानो दिनलाई सम्झिदै भने संगीत भनेको नसा रहेछ । भनिन्छ, “सुखमा सिरक नओछ्याउनु र दुखमा राड़ी नओढ्नु तर मैले राडी पनि ओढेको छु” भनेर हामीलाई भने । उनले ५९ सालदेखी स्टेजहरुमा प्रस्तुति गर्दै आयनी ६१ सालबाट स्टुडियोमै गीत रेकर्ड गर्न थालेका हून् ।
राईले अहिलेसम्म २५ वटा भन्दा बढी दोहोरी गीत रेकार्ड गरीसकेका छन् , भने दर्जनौ आधुनिक गीतमा स्वर दिई सकेका छन् ।
हालै मात्र उनले बिबेक राईको सहकार्यमा”यो जुनी”बोलको गीत भिडियो सहित युटुब मार्फत सार्बजनिक गरेका छन् । सार्वजनिक गीतको भिडियोमा विवेक राई, मल्लिका तामांग,मिलन गैरे,रबिना केसी लगायतको अभिनय रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *