नक्कली प्रहरी बनेका चेतुन दाहाल पक्राउ

मंसिर ७ काठमाडौ,कोटेश्वरको खाजाघरमा प्रहरीको छापा शिर्षकमा  केहि मेडियाहरुमा समचार आए पनि, वास्तबमा त्यो सक्कली प्रहरी नभई नक्कली प्रहरी भएको सावित भएको छ  ।

काठमाडौँ महानगरपालिका ३५ कोटेश्वर स्थित रमाईलो लजमा आफु व्यूरोबाट आएको प्रहरी हुँ भनी हातमा नक्कली वाकीटकी बोकी स्थानिय मानिसहरूलाई डर त्रास देखाउने, इलाम गोर्खे २ घर भई अल्टा सेक्युरिटी काठमाडौँमा काम गर्ने ३२ वर्षीय चेतुन दाहाललाई स्थानीय बासिन्दालाई धम्काएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरी संग बुझ्दा,आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *