४२ मिनेट किन विद्युत अबरुद्ध

मंसिर ७ काठमाडौ, प्रसारण प्रणालीमा आएको खराबीका कारण सोमबार काठमाडौं उपत्यकामा साँझ ५.३३ बजेदेखि ६.१५ बजेसम्म करिब ४२ मिनेट विद्युत अवरुद्ध भएको थियो । चाकु जलविद्युत आयोजनाबाट बाह्रबीसे हुँदै काठमाडौं विद्युत आउने ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि केन्द्रीय प्रणालीमा असर गरेको प्राधिकरणका कर्मचारीले बताए ।

‘फ्रिक्वेन्सी र भोल्टेजमा आएको उतारचढावका कारण प्रणालीबाट विद्युत कनेक्सन टुटेको थियो । यसले ७० मेगावाटको मध्य मस्र्याङ्दी विद्युतगृहको एउटा युनिट ट्रिप भएको थियो । प्राधिकरणले सोमबार साँझ साढे ६ बजेसम्ममा विद्युत सुचारु गरिसकेको थियो ।
काठमाडौमा लोड सेडिङ्ग अन्त्य भएपछि तिहार यता, करिब १६ अर्ब रुपैयाँ बराबरको इन्धन बचत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *