धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी

काठमाडौ ३ माघ- प्रदेश नं. १ को अस्थाई राजधानी तोकिएपछि धनुकेटावासीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।

धनकुटालाई प्रदेश नं को राजधानी माग्दै आन्दोलनकारीले झ्याल ढोका समेत तोडफोड गरेका छन् । आगजनीबाट हेल्लो सरकारको कोठा जलेर पूर्ण रुपमा नष्ट भएको धनकुटा प्रहरीको सञ्चार शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *