लोक-कल्याणमा जुटे प्रमुख यादव : वितरण गरे सयौं परिवारमा गृहसंचालन किट

सर्लाही, ३ माघ – सर्लाहीको चक्रघटा गाउँपालिकाको अध्यक्ष विक्रम यादवले लोक–कल्याणकारी कार्यमा अग्रसरता देखाएका छन् । चक्रघटा गाउँपालिकाको गाउँ सभा परिषद सम्पन्न भएको एक सता नबित्दै यादवले गरिब परिवारलाई गृह सञ्चालनको निम्ती आवश्यक सम्मानहरु वितरण गरेका छन् ।

गृह सञ्चालनको लागि २ वटा व्लाङकेट, १ वटा खाना पकाउने कुकर, शुद्ध खानेपानीको समस्या भएको कारणले १ वटा पानी शुद्ध गर्ने फिल्टर, बाल्टिन, टावेल, टूथब्रस, टूथपेस्ट लगायतका सामग्रहरु वितरण गरेका छन् ।

चक्रघटा गाउँपालिकाको १ सय ६० दलित तथा गरिब परिवारलाई यकिन गरी वितरण गरिएको हो । गाउँपालिकाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी वास्तविक गरिब परिवारको सर्वेक्षण गरि स-सम्मान वितरण गरिएको प्रमुख यादवले बताए ।

जनताको आवश्यकतालाई पुरा गर्नको निम्ती प्रमुख यादवले अन्र्तराष्ट्रिय संघसंस्था र नेपाल सरकारको सहयोगमा उक्त सर–सम्मान वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *