तरवार सहित ३ जना पक्राउ, मोटर साइकल दुर्घटनामा एकको मृत्यु

कार्तिक २५ काठमाडौ,ललितपुर उपमाहानगरपालिका १३ थसीखेल स्थित तिनपाने दोहरी साँझ अगाडी मादक पदार्थ सेवन गरी झैझगडा गर्ने दोलखा लापिलाङ ५ का थसीखेल १३ बस्ने २० वर्षीय सुनिल थामी लगायत ३ जनालाई १ थान तरबार सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी,काठमाडौ महानगरपालिका १४ बल्खु चोक स्थित सडकमा बुधबार बा.५३ प ८०६३ नम्बरको मोटरसाइकल खाल्डोमा परी दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार नागार्जुन १२ स्युचाटारकी ३३ वर्षीया अप्सरा शाह बिडारी लड्न गई बा.४ प ३९०८ नम्बरको ट्रिफरको पछाडि चक्कामा परी गम्भीर घाईते भएकीले बल्खु स्थित बयोधा अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल चालक घाईते भएकोले सोही अस्पतालमा उपचार भईरहेको छ । दुबै सवारी साधन र ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *