नयाँ शक्ति पार्टि काठमाडौको,किराँत राई र किराँत लिम्बु समिति गठन, राई संयोजकमा कटक राई

naya shakti partiईन्द्र जिजीबिषा-कार्तिक २६ काठमाडौ, नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्य समिति काठमाडौको राष्ट्रिय मामिला तथा सामाजिक समावेशीकरण संयन्त्र अन्तर्गत भेला बिहीवार सम्पन्न भएको छ । पार्टी कार्यलयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा बोल्दै हिसिला यामीले भनिन्, अन्तरिम संविधानमा संघीयता किताबमा छ,व्यबहारमा छैन । यो विषयमा ठुला भनिएका राजनीतिक पार्टिहरु पनि गम्भीरता पुर्वक नलागेको बताइन् ।

यहाँ एउटा जातिले अर्को जातिलाई, एउटा वर्गले अर्को वर्गलाई, एउटा ब्याक्तिले अर्को ब्याक्तिलाई शोषण दमन र अन्याय अत्याचार गरिरहेको छ । यसको अन्त्यको लागि, नयाँशक्ति पार्टी नेपाल लागि पर्ने पनि बताइन् ।

भारतिय राष्ट्रपति नेपाल भ्रमणको सन्दर्भलाई जोड्दै, पशुपति जान भ्याउने, जनकपुर जान भ्याउन तर लुम्बिनी जान नभ्याउने भन्दै हिसिला यामीले आश्चर्य प्रकट गरिन् ।

त्यस्तै, कार्यक्रममा बोल्दै, पार्टिको संघीय मामिला संयोजक पर्शुराम तामाङले हाम्रो देशका राजनीतिक पार्टिहरुले विकास-विकास भनेर नारा चाहिँ लेख्ने, तर विकासको नारा लेख्ने मात्रै विकास गरेर नदेखाउने राजनीतिक दलहरु प्रती रोष प्रकट गरे । त्यसैले नयाँशक्ति पार्टिले अगाडि सारेको अवको निकास, आर्थिक विकास, समृद्धि हाम्रै पालामा भन्ने अवधारणा नै सबै आम नेपालीको नारा हो । आर्थिक विकास नभई अरु केही गर्न नसकिने तर्क पेस गरे ।

नेपाल आज गरिबी राष्ट्रहरु मध्यको सुचिमा अन्तिम तिर रहेकोले नै आज हामी लम्पसारवाद हुनु परेको छ ।आज हामी चाहे भारतको अगाडि होस् या चाहे चीनको अगाडि होस् लम्पसार पर्नु परेको छ । तर नेपाल आर्थिक रुपमा समृद्द भएको भए हामी कसैको अगाडि लम्पसार पर्नु नपर्ने तर्क पेस गरे ।

त्यस्तै भेलामा पन्चलाल महर्जन र परिवर्तन भट्टराईले पनि सम्बोधन गरेका थिए । भेलाको तर्फ बाट, सामुहिक रुपमा कटक राईले पार्टि नेतृत्व संग स्पस्ट अवधाराणा, कार्यशैली र निर्देशन गरे हामी सबैलाई अगाडि बढेर काम गर्न सजिलो हुने माग गरे । उक्त भेलाले नयाँ शक्ति पार्टी नेपाल राष्ट्रिय मामिला तथा सामाजिक समावेशीकरण संयन्त्र अन्तर्गत किराँत राई र किराँत लिम्बु समिति पनि गठन गरेको छ ।

किराँत राई समितिमा कटक राईको संयोजकत्वमा २५ सदस्य रहने गरि समिर राई,अड्डामणि राई,ललित राई,गजेन्द्र राई,विष्णु राई, भलाकाजी राई, र अन्य सदस्यहरु रहेका छन् । यसैगरी प्रवेस आङ्गदेम्बेको संयोजकत्वमा प्रवेश लावती,शेखर लिम्बु,काली बहादुर सम्बाहाम्फे, रामकुमारी लगायत अन्य सदस्य रहने गरी समिति गठन गरेको छ । उक्त किराँत राई र किराँत लिम्बु समितिले आगामी कार्तिक २९ र ३० गते धरानमा हुने किराँत राई र किराँत लिम्बु सम्मेलनमा भाग लिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *