ढुंगेल डिल्ली बजारस्थित कारागार जेल चलान

काठमाडौ १४ कातिक- मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ परेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई जेल सजायका लागि डिल्ली बजार कारागार लगिएको छ। कानुन अनुसार जिल्ला अदालत ओखलढुंगाबाट जेल चलानको फ्याक्स प्राप्त भएपछि ढुंगेललाई कारागार चलान गरिएको हो। अब उनले १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नै छ ।

सर्वोच्चद्वारा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता ढुंगेललाई प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो।माओवादी सशस्त्र युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा सर्वोच्चले ढुंगेललाई जन्मकैदको सजाय सुनाएको भएपनि उनी फरारको सूचीमा थिए।

काठमाडौमै सार्वजनिक जीवन बिताइरहे पनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन। केही दिनअघि अधिवक्ता दिनेश त्रिपाठीले उनलाई पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध अदालतमा मानहानीको मुद्दा दायर गरेपछि प्रहरीले ढुंगेलको खोजी तीव्र पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *