बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौ १४ कातिक- ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।

उनी ललितपुरको सातदोबाटोबाट मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको ढुंगेलका एक आफन्तले पुष्टि गरेको हो । ‘चार जना सादा पोशाकका प्रहरी मोटरसाइकलमा चढेर आएर उनीहरुले मोटरसाइकलमा राखेर नै उनलाई लगे्को हो ।

शुरुमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रमुख पुष्कर कार्कीसँग यो विषयमा बुझ्दा उनले यसबारेमा आफूलाई जानकारी नभएको बताए । आफन्तले ढुंगेल पक्राउ परेको पुष्टि गरेपछि उनीसँग पुनः सम्पर्क गर्न खोज्दा अहिले भने उनले मोबाइल स्वीचअफ गरेर बसेका छन् ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो।

सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *