ठगिको आरोप लागेपछि एनआरएनए सदस्यले खगेन्द्र न्यौपानेको राजिनामा माग्यो

काठमाडौ – एनआरएनए मलेशियाको अध्यक्ष पदबाट खगेन्द्र न्यौपानेले राजिनामा दिनको बिकल्प नरहेको बताउन थालिएको छ । “१२ बर्ष कुकुरको पुच्छर ढुग्रामा राखेपनी बाङ्गोको बाङ्गै ” भनेझै खगेन्द्र न्यौपानेले पनि मलेशियामा लुट्न नछाडेको मलेशियामा कार्यरत नेपाली श्रमिकहरुले बताउन थालेका छन् ।

भिसा छैन भने म आईसी (आईडि कार्ड) बनाइदिन्छु भन्दै सोझा सिधा नेपालीलाई ठग्ने गरेको त्यहाँ कार्यरत नेपालीहरुले बताएका छन् । न्यौपानेले आफ्नै कम्पनीमा कामगर्ने श्रमिकहरुलाई अन्याय गरेको खबर आएपछि यसको अझ पुष्टि भएको हो । मलेशियामा कार्यरत एक नेपाली भन्छन् “खगेन्द्र न्यौपाने लुटतन्त्रबाट बच्नको लागि एनआरएनए मलेशियाको अध्यक्ष बनेको जस्तो देखियो, खगेन्द्र न्यौपानेले जतिसक्दो चाडो राजिनामा दिनुको बिकल्प छैन । “

“खगेन्द्र न्यौपानेले स्पष्टिकरण दिनु भनेको मान्छे मरिसकेपछी मैले हस्पिटल् लैजान्छु भन्दा-भन्दै मरेछ भनेझै हो । यसकारण अध्यक्ष ज्युले कि राजिनामा दिनुहोस होईन भने म यो एनआरएनए कमिटीमा बस्न सक्दिन ।” भनेर एनआरएनए मलेशियाका सदस्य हरि प्रसाद कोईरालाले आफ्ना फेसबुकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *