मेलम्चीको अर्को ब्रेक थ्रु

काठमाडौं,१५ पुस- मेलम्ची आयोजनाको सुरुङ निर्माण अन्तर्गत् अम्बाथान–ग्याल्थुम खण्डको ब्रेक–थ्रु भएको छ । ८ दशमलव २ किलोमिटरको सो खण्डको ब्रेक थ्रु भएको हो । अब मेलम्ची आयोजनाको सुरुङ अन्तर्गत ग्याल्थुम–सिन्धु सुरुङ मात्रै ब्रेक थ्रु गर्न बाँकी रहेको छ ।

मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा ल्याइ प्रशोधनपछि मात्रै वितरण गर्ने योजना अनुसार आयोजनाको प्रशोधन केन्द्रको परीक्षण भइरहेको छ ।

सेप्टेम्बर २०१३ सम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको चाइना रेल्वेको काममा ढिलासुस्ती भएको भन्दै सन् २०१२ मा सम्झौता तोडिएको थियो । सो यता सुरुङ निर्माणको काम इटालीको कम्पनी अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी सीएमसीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *