जिप दुर्घटनामा २ जनाको मृत्यु ६ जना घाईते

फिदिम, १३ माघ- पाँचथर जिल्लाको उत्तरी गाउँपालिका याङवरक–३ मा गएराति पौने ११ बजे जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओयामबाट फिदिमतर्फ आउँदै गरेको ग १ ज ६०८५ नम्बरको जीप राति ११ बजेतिर ब्रेक फेल भएर सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाँचथरकै याङवरक गाउँपालिका– ३ का १९ वर्षीय प्रवेश योङया र १६ वर्षीय सन्दिप योङयाको मृत्यु भएको छ ।

दुर्घटनामा परि अन्य ६ जना यात्रु घाइते भएका छन् । घाइते भएका जिपमा सवार ६ जनालाई उपचारको लागि झापा पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *