कलाकार बन्ने सपना देख्ने कोपिलाको आधा दर्जन म्युजिक भिडियो र टेली फ्लिमको यात्रा

काठमाडौ – आम मानिसमा छिटो चिनिने क्षेत्र हो कलाकारिता । त्यसैले गर्दा कलाकारिता क्षेत्र हरेक युवा युवतीको पहिलो रोजाईको क्षेत्र बन्ने गरेको छ । भलै स्थापित हुन सकुन वा नसकुन् तर पनि कलाकारितामा लाग्ने अधिकांश मानिसको चाहना हुन्छ । आकर्षण भने बढेको बढेकै छ । यस्तै कलाकारिता क्षेत्र प्रति आकर्षित रहेकी युवती हुन् कोपिला अधिकारी ।

उनको जन्म २०४८ सालमा धादिङ जिल्लामा भएको हो । कोपिलाको जन्म धादिङमा भएपनि बाल्यकाल भने चितवनमा बितेको थियो । उनको आफ्नो सानो उमेरदेखि नै कलाकार बन्ने सपना थियो । उनको त्यो कलाकार बन्ने सपना अहिले आएर साकार भएको छ ।

करिब १ बर्षअघि मात्र काठमाडौँ आएकी कोपिलाले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । हाल उनि टिभी टुडेबाट प्रशारण भैरहेको हाँस्य टेलिफिल्म उपद्रो र ढुक्कमा अभिनय गरिरहेकी छन् ।

भविष्यमा यहीँ क्षेत्रमा दिलो ज्यान दिएर लागी पर्ने र यहीँ क्षेत्रमा सफलता हासिल गरेरै छोड्ने लक्ष्य लिएको कोपिला बताउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *