चीनले मानव सहित अन्तरिक्षमा यान पठायो

कार्तिक १ बेइजिङ्ग, चीनले मानवसहितको शेनजु-११ नामक अन्तरीक्ष यान प्रक्षेपण गरेको छ । यानमा दुई जना अन्तरीक्ष यात्री छन् ।

सोमबार गोबी रेगिस्तानको किनारमा बनाइएको जियोचुयान स्याटलाइट केन्द्रबाट यानलाई
अन्तरीक्षमा पठाइएको हो । यसमा ४९ वर्षीय जिंग हेपिङ र ३७ वर्षीय चेन डोंग छन् । दुबै अन्तरीक्ष यात्री एक महिनासम्म अन्तरीक्ष प्रयोगशाला थियानगोंग-२ मा रहनेछन् ।

चिनियाँ राष्ट्रपति शी जिनपिङले भनेका छन्, ‘शेनजु-११ लन्च गरेपछि भविष्यमा अन्तरीक्षको खोजीमा अझै ठूलो कदम चाल्न देश सक्षम हुनेछ । यस अभियानबाट चीनलाई अन्तरीक्ष शक्ति बन्न थप बल प्राप्त भएको छ ।’

यसको उद्देश्य चन्द्रमा र मंगल ग्रहमा अन्तरीक्ष यात्री पठाउने सम्भावनाको खोजी गर्ने चिनियाँ बैज्ञानिकहरुले बताएका छन् ।
करिब तीन वर्ष अघि चीनका रोवर मिशन, जेड रेबिट रोबोट चन्द्रमामा पुग्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *