नेपालि सेनामा नयाँ भर्ना खुल्यो

कातिक १ काठमाडौ, नेपाली सेनामा एकैपटक २१ सयभन्दा बढीका लागि जागिर खुलेको छ । जंगी अड्डा काठमाडौं सहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि दरखास्त आवेदन मागिएको हो ।

सिपाही पदमामात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । जस मध्य, काठमाडौंको जंगी अड्डाको लागि मात्रै ४ सय जना सिपाही माग गरिएको छ ।

सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी,केस काट्ने,वेटर र लोहार पदमा आवेदन मागेको छ ।

पदअनुसार फरक-फरक योग्यता तय गरिएको छ । इटहरी, फिदिम, राजबिराज, हेटौंडा, सिन्धुली, रौतहट, रामेछाप, पोखरा, बझाङ, इलाम, बुटवल, लमजुङ, नेपालगञ्ज, दाङ, जुम्ला, जाजरकोट, दिपायल, धनगढीका विभिन्न सैन्य पृतना, बाहिनी, गण तथा गुल्ममा भर्ति गर्न लागिएको सुचना गोरखा पत्रले प्रकासन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *