गायक रुपकुमारको चर्चा बोलको गीतलाई एक हप्ता नपुग्दै ७२ हजारले हेरे(भिडियो सहित)

सूचना खबर-मंसिर २ काठमाडौ,गायक तथा संगीतकार रुपकुमार राईको छैटौ एल्बम रुपले सोचे भन्दा धेरै सफलता र चर्चा पाएको छ । पाँचौ एल्बम सम्मको भन्दा छैटौ एल्बम हरेक दृष्टिकोणले सशक्त रहेकोले नै यो एल्बमले सफलता पाएको गायक रुपकुमारको दाबी छ ।

छैटौ एल्बम रुपमा सबै भन्दा बढी स्रोता दर्शकहरुले रुचाएको गीत ‘तिम्रो नै रुपको चर्चा जताततै’ हो । उक्त गीतलाई डा कृष्णहरी बरालले लेखेका हुन् भने प्राज्ञ शान्तिराम राईले संगीत भरेका हुन् । नायिका केकी अधिकारी र जीवन भट्टराईको सशक्त अभिनय रहेको उक्त गीतलाई आज यो समाचार तयार पार्दा सम्म ७१,८०४ जनाले यु ट्युबमा हेरिसकेका छन् ।

यहि एल्बममा रहेको अर्को गीत सधै तिमी मुस्कुराउनु, फक्रीएको फूलसरी बोलको गीतलाई गीतकार बलबहादुर राईले लेखेका छन् भने सचिन सिंहले संगीत भरेका छन् । यस्तै, यहि एल्बममा रहेको नत लगेउ मलाई साथ बोलको गीतलाई गीतकार देवन चाम्लिङले( किराँत) लेखेका छन् भने, संगीतकार महेश खड्का रहेका छन् । उक्त एक्बमलाई हिलटोन म्युजिक सेन्टर प्रालीले बजारमा ल्याएको हो ।

रुप एल्बम बाट चर्चा गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *