खोटाङ्गको एक विद्यालयमा तालाबन्दी

खोटाङ्ग,२ असोज- प्रधानाध्यापक नियुक्तिको बिषयलाई लिएर खोटाङ्गको एक विद्यालयमा तालाबन्दी गरिएको छ । खोटाङ्गको रुपाकोट मझुवा गढि नगरपालिका ११ खार्मीस्थित कालिका माध्यामिक विद्यालयमा तालाबन्दी गरिएको हो ।

पुर्व प्रधानाध्यापक जुद्धबहादुर राईको अनिवार्य अवकास पश्चात ,विद्यालय व्यबस्थापन समितिले देवान राईलाई रिक्त पदमा नियुक्ति गरेपछि स्थानिय दिल्ली श्रेष्ठ,विशाल श्रेष्ठ लगायतका असन्तुष्ट समुहले विद्यालयमा तालाबन्दी गरेका हुन् । विद्यालयमा तालाबन्दी गरेपछि विद्यालयमा अध्ययनरत ४१७ जना विद्यार्थीहरुले अध्यायन गर्न पाएका छैनन् ।

तालाबन्दीको विषयमा,विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सुरेशकुमार तामांगले, वरियताक्रममा सबै भन्दा अगाडि रहेका देवान राईलाई नै नियुक्ति गरिएको दाबि गरेका छन् । भने, असन्तुष्ट पक्षकाहरुले भने, प्रक्रिया नपुर्याई,निमावि शिक्षकलाई नियुक्ति गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *